५ बैशाख २०८३,शनिबार

जनकपुरमा रामनवमी शोभायात्रा प्रतिबन्ध, स्थानीयमा असन्तुष्टि!

  • १२ चैत्र २०८२,बिहीबार Updated
  • / 173 Read

जनकपुरमा रामनवमी शोभायात्रा प्रतिबन्ध, स्थानीयमा असन्तुष्टि!

जनकपुरधाम ।

हरेक वर्ष रामनवमीको अवसरमा हिन्दू सम्राट सेनाको अगुवाइमा भव्य रूपमा आयोजना हुँदै आएको शोभायात्रा यस वर्ष भने सञ्चालन हुन सकेन। जिल्ला प्रशासन कार्यालयले अनुमति नदिएपछि शोभायात्रामा प्रतिबन्ध लगाइएको हो।


प्रशासनको यस निर्णयप्रति स्थानीयवासी तथा धार्मिक संघसंस्थाहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले यो कदमले धार्मिक आस्था र परम्परामाथि आघात पुगेको बताएका छन्।


जिल्ला प्रशासन कार्यालयले भने सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै अनुमति नदिएको जनाएको छ। यस विषयमा स्थानीय र प्रशासनबीच छलफल तथा विवाद बढ्ने संकेत देखिएको छ।


 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page