“बिमला घिमिरे” देखि “बिमला अन्सारी” सम्म : धर्म, विवाह र राजनीतिक पहिचानबारे उठ्दै बहस
- ९ जेष्ठ २०८३,शनिबार Updated
- / 306 Read
मधेश प्रदेशकी सांसद बिमला अन्सारी को व्यक्तिगत जीवन र धार्मिक पहिचानलाई लिएर सामाजिक सञ्जालमा विभिन्न बहस भइरहेका छन्। अर्घाखाँचीकी चेलीका रूपमा चिनिएकी उनी विवाहअघि बिमला घिमिरे थिइन् भने विवाहपछि बिमला अन्सारीका रूपमा राजनीतिमा सक्रिय छिन्।
अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेकी बिमलाको चिनजान पछि मुस्लिम समुदायका रिजवान अन्सारीसँग विवाहमा परिणत भएको बताइन्छ। हाल उनी मधेश प्रदेश सभामा मुस्लिम समुदायका मुद्दामा प्रखर रूपमा आवाज उठाउँदै आएको देखिन्छ।
यस विषयलाई लिएर सामाजिक सञ्जालमा धर्म परिवर्तनपछि व्यक्तिको सोच, पहिचान र राजनीतिक प्राथमिकतामा परिवर्तन आउँछ कि आउँदैन भन्ने बहससमेत सुरु भएको छ। कतिपयले “धर्मले मानिसलाई यति धेरै परिवर्तन गर्छ त?” भन्ने प्रश्न उठाइरहेका छन् भने अर्कोतर्फ व्यक्तिगत स्वतन्त्रता र वैवाहिक जीवनलाई सम्मान गर्नुपर्ने धारणा पनि व्यक्त भइरहेका छन्।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR