३ बैशाख २०८३,बिहीबार

सडक बेहाल हुँदा नयाँ वर्षमा भक्तजनलाई सास्ती

  • १ बैशाख २०८३,मंगलवार Updated
  • / 83 Read

सडक बेहाल हुँदा नयाँ वर्षमा भक्तजनलाई सास्ती

लहान, सिराहा | नयाँ वर्ष २०८३
नयाँ वर्ष २०८३ को अवसरमा राजा सलहेस पूजा स्थल मा दर्शन गर्न गएका श्रद्धालुहरूले सडक अव्यवस्थाका कारण सास्ती खेप्नुपरेको छ।


पूजा स्थलदेखि करिब ४ किलोमिटर टाढा पडरिया सम्म लामो सवारी जाम देखिएको छ। सडकको दुरावस्था र व्यवस्थापनको अभावका कारण हजारौं भक्तजनहरू घण्टौंसम्म जाममा अल्झिन बाध्य भएका छन्

स्थानीय बासिन्दा तथा श्रद्धालुहरूका अनुसार सडक निर्माणको जिम्मा पाएको चाइना कम्पनी र स्थानीय सरकार दुवैले आवश्यक सहजीकरण नगर्दा समस्या चुलिएको हो। विशेष गरी चाडपर्वका बेला पूर्वतयारी नगर्नु र ट्राफिक व्यवस्थापन कमजोर हुनु मुख्य कारणको रूपमा औंल्याइएको छ।

यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै श्रद्धालुहरूले सडक मर्मत तथा प्रभावकारी व्यवस्थापन गर्न माग गरेका छन्।


 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page