रास्वपा मधेशको सांसद अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न
- १२ बैशाख २०८३,शनिबार Updated
- / 70 Read
सिराहा,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिको आयोजनामा “सांसद अन्तरक्रिया तथा परिचात्मक कार्यक्रम” आज भव्य रूपमा सम्पन्न भएको छ।

पार्टीका केन्द्र, प्रदेश तथा स्थानीय तहका पदाधिकारीहरू, कार्यकर्ताहरू र पार्टीका तर्फबाट निर्वाचित माननीय सांसदहरूको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।
सिराहा–४ का माननीय तथा मधेश प्रदेश सभापति ई. तपेश्वर यादवको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा सहभागी पदाधिकारी, प्रतिनिधि तथा सांसदहरूले आपसी समन्वय, अनुभव आदानप्रदान र संगठन सुदृढीकरणबारे छलफल गरेका थिए।

कार्यक्रमको समापनमा आयोजक समितिले उपस्थित सम्पूर्ण पदाधिकारीहरू, प्रतिनिधिहरू तथा माननीय सांसदज्यूहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR