१२ श्रावण २०८३,मंगलवार

अमेरिकाले थप्यो डीभी भर्ने समय :

  • १९ कार्तिक २०८१,सोमबार Updated
  • / 777 Read

अमेरिकाले थप्यो डीभी भर्ने समय :

काठमाडौँ  कात्तिक १९। अमेरिकाले डाइभर्सिटी भिसा डीभी भर्ने समय दुई दिन थप गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा कार्यक्रम २०२६ का लागि प्रवेश अवधि ५ नोभेम्बर २०२४ बाट ७ नोभेम्बर २०२४ सम्म बढाइएको सोमबार एक सूचनामार्फत जानकारी गराएको हो । आवेदकहरूले डीभी भर्दा विभिन्न निर्देशनहरू पालना गर्नुपर्ने पनि सूचनामार्फत सुझाएको छ । जसमा आवेदकले परिवारका सबै सदस्यहरू उल्लेख गर्नुपर्ने, पछिल्लो ६ महिनामा खिएको फोटो मात्र प्रयोग गर्नुपर्ने र आफ्नो डीभी–२०२६ पुष्टिकरण नम्बर जतन गरेर राख्नुपर्ने उल्लेख छ । 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page