११ श्रावण २०८३,सोमबार

रवि लामिछानेद्वारा सांसद पदबाट निष्कासनलाई जनमतले पत्याएको छैन भनी दाबी

  • १२ फाल्गुन २०८२,मंगलवार Updated
  • / 176 Read

रवि लामिछानेद्वारा सांसद पदबाट निष्कासनलाई जनमतले पत्याएको छैन भनी दाबी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सङ्घीय संसद् भित्रबाट आफूलाई निष्कासन गरिएको भए पनि जनताको मनबाट उनलाई निकाल्न नसकिएको दाबी गरेका छन्। झापा–२ पुगेर आयोजित कार्यक्रममा लामिछानेले दुई घण्टामै सूचना टाँसिएर संसद् भित्रबाट निकालेको घटनालाई औंल्याउँदै, दलको आदेश पालना गर्ने प्रक्रिया सदनमा जनताको आवाज दबाउन प्रयोग भएको बताए।

उनले भने, “जनताको आदेश भन्दा र संसद्मा ‘बा’को आदेश ठुलो भयो। दुई घण्टामा सूचना टाँसेर मलाई गलहत्त्याएर सङ्घीय संसद् भित्रबाट निकालियो। तर जनताको मनबाट निकाल्न सकिएन।”

लामिछानेले दलको आदेश सर्वपरी मान्ने र जनताको आवाजलाई बन्द गर्ने नेताहरूले अहिले कुन अनुहार लिएर भोट मागिरहेका छन् भन्ने विषयमा प्रश्न उठाएका छन्। उनले भिजिट भिसा मुद्दाको छानबिनका लागि रास्वपाका २१ सांसदलाई निष्कासन गरिएको र यसलाई संसद् नियमावलीअनुसार गलत ठहर गरेका छन्।

उनका अनुसार, “संसद् नियमावलीले स्पष्ट भन्छ, थुनामा नरहेको मान्छे मुद्दाको किनारा लागेको छैन भने सांसद पद निलम्बन हुँदैन। यो नियमावली १०० प्रतिशत संसद्ले सदर गरेको डकुमेन्ट हो।”

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page