११ श्रावण २०८३,सोमबार

फागुन २१ गते प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने

  • १८ फाल्गुन २०८०,शुक्रबार Updated
  • / 418 Read

फागुन २१ गते प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार फागुन १८ गते नै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेपनि काम विशेषले उपत्यका बाहिर रहेकाले २१ गते सम्बोधन गर्नेगरी संघीय संसद् सचिवालयलाई जनाकारी गराएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेले संसद् सचिवालयलाई पत्र लेख्दै यसबारे जानकारी गराएका हुन् । विपक्षी दलहरुले बालकुमारीलगायत घटनाका बारेमा सरकारको जवाफ माग्दै आएका छन् ।

शुक्रबारको बैठकमा समेत एमाले सांसद सूर्यबहादुर थापाले सरकार संसद्प्रति उत्तरदायी नभएको भन्दै संसदमा प्रधानमन्त्रीको  खोजी गरेका थिए ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page