११ श्रावण २०८३,सोमबार

नेपाली नागरिकलाई रुसी सेनामा भर्ना हुन सघाउनेलाई कारबाही हुन्छ : उपप्रधानमन्त्री खड्का

  • १८ फाल्गुन २०८०,शुक्रबार Updated
  • / 335 Read

नेपाली नागरिकलाई रुसी सेनामा भर्ना हुन सघाउनेलाई कारबाही हुन्छ : उपप्रधानमन्त्री खड्का

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना हुन सघाउने व्यक्ति वा एजेन्सीलाई कारबाही हुने बताएका छन् ।

उपप्रधानमन्त्री खड्काले शुक्रबार राष्ट्रियसभा बैठकको शून्य र विशेष समयमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा सो कुरा बताएका हुन् । उनले नेपाली नागरिकहरु द्वन्द्वग्रस्त मुलुकमा रोजगारीमा जाने, द्वन्द्वग्रस्त मुलुकको सेनामा गएर भर्ना हुने कार्यलाई सरकारले निरुत्साहित गर्ने पनि बताए । 

उपप्रधानमन्त्री खड्काले स्वदेश तथा विदेशमा रोजगारीको छनौट गरी जाने अधिकार नेपालको संविधानले प्रत्येक नागरिकलाई दिएपनि उनीहरुको सुरक्षा गर्ने दायित्व सरकारको भएको स्पष्ट पारे । उनले प्रत्येक नागरिकको सुरक्षा राज्यको कर्तव्य भएकाले सुरक्षाको दृष्टिले जोखिम रहेका पेसा वा व्यवसाय गर्न वा त्यस्ता क्षेत्रमा जाने कुरालाई निरुत्साहित गर्न सरकार सचेत रहेको पनि बताए ।  

उपप्रधानमन्त्री खडकाले भने, ‘प्रत्येक नागरिकको सुरक्षा राज्यको कर्तव्य भएकाले सुरक्षाको दृष्टिले जोखिम रहेका पेसा वा व्यवसाय गर्न वा त्यस्ता क्षेत्रमा जाने कुरालाई निरुत्साहित गर्न जरुरी छ । त्यसतर्फ सरकार सचेत छ । त्यसैले नेपाली नागरिकहरु द्वन्द्वग्रस्त मुलुकमा रोजगारीमा जाने, द्वन्द्वग्रस्त मुलुकको सेनामा गएर भर्ना हुने कार्यलाई निरुत्साहित गर्ने तथा यस कार्यमा सघाउने व्यक्ति, एजेन्सीलाई कानूनी कारबाहीको दायरामा ल्याउने कुरामा सरकार क्रियाशील रहेको कुरा म जानकारी गराउन चाहन्छु ।’

उपप्रधानमन्त्री खड्काले हेटौँडा कपडा उद्योग नेपाली सेनाले सञ्चालन गर्ने बारेमा छलफल भएपनि निष्कर्षमा पुगी नसकिएको बताए । नेपाली सेनालाई कपडामा आत्मनिर्भर बनाउनका लागि सो विषयमा छलफल भइरहेको उनको स्पष्टीकरण थियो ।  

 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page