जनमत पार्टीका केन्द्रिय सदस्य लोसपा मा प्रबेश
- २२ कार्तिक २०८१,बिहीबार Updated
- / 478 Read
विद्यार्थी नेता यादवले पाए लोकतान्त्रिक विद्यार्थी संघ का महासचिबको जिम्मेवारी
- जनमत पार्टीका केन्द्रिय सदस्य र जनमत पार्टी निकट विद्यार्थी संगठन ' विद्यार्थी जनमत संघ' का केन्द्रीय सह-संयोजक विद्यार्थी नेता सुमन यादवले पार्टी परित्याग गरी लोकतान्त्रिक समाजवादी पार्टी (लो.स.पा.) नेपालमा कार्तिक ११ गते प्रवेश गरेका थिए।
यादवले करिब एक वर्ष जनमत पार्टीमा कार्यरत रहेर विद्यार्थी संघर्षमा नेतृत्व दिएका थिए। उनका अनुसार, पार्टीको वर्तमान नेतृत्वले विद्यार्थी संगठनका मुद्दामा चासो नगरी, केवल संगठन विस्तारमा ध्यान केन्द्रित गर्दा नेतृत्वविहीन र निष्क्रिय अवस्था देखिएको थियो। उनले यस कारण पुनः आफ्नो राजनीतिक यात्रा लो.स.पा. नेपालसँग अघि बढाउने निर्णय गरेका छन्।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरसँगको राजनीतिक साझेदारीपछि यादवले विद्यार्थी संगठनको सशक्तिकरणका लागि नयाँ सोच र दृष्टिकोणसँग अघि बढ्ने बताएका छन्। उनले लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक विद्यार्थी संघमा लामो समयसम्म कार्य गरेका थिए। उपत्यका अध्यक्षको रूपमा पनि कार्य गरेका थिए र संगठनलाई बलियो बनाउनका लागि प्रतिबद्ध रहेका थिए।
यादवको पार्टी परिवर्तनसँगै, लोकतान्त्रिक विद्यार्थी संघका केन्द्रीय अध्यक्ष रोशन कुमार मिश्रले उनलाई महा सचिवको जिम्मेवारी दिइसकेका छन्। यो कदमले पार्टीको विद्यार्थी संगठनमा नयाँ उत्साह र नेतृत्वको आवश्यकता थपिएको विश्लेषण गरिएको छ।
सुमन यादवका अनुसार, अब लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेशपछि विद्यार्थी आन्दोलनलाई नयाँ दिशा दिनका लागि समर्पित भएर कार्य गर्नेछन्।
यस घटनासँगै, युवाहरुको राजनीतिक चेतनामा नयाँ ऊर्जा र दिशा आउने अपेक्षा गरिएको छ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR