विपन्न र दलित बिद्यार्थीलाई स्कुल ब्याग र शैक्षिक सामग्री वितरण
- ३ पुष २०८१,बुधबार Updated
- / 249 Read
धनुषाको शहिदनगर-५ स्थित श्री जनता आधारभुत विधालय वासुदेव पट्टी पछेर्वाका विपन्न र दलित बालबालिकालाई स्कुल ब्याग र शैक्षिक सामग्री वितरण गरेका छन । उक्त स्कुल ब्याग र शैक्षिक सामग्री काठमाडौ निवासी समाजसेवी अमर क्षेत्रीद्वारा प्रदान गरेको हो।
विद्यालयका निमित्त प्रधानाध्यापक संजय यादबले जनाए अनुसार सबैला न-पा-४ जरैहियाका युवा समाजसेवी अमिरुल्लाह राइनको अगुवाइमा १६५ थान ब्याग ,शैक्षिक सामग्री उपलव्ध गराएको हो। समाजसेवी अमर क्षेत्रीले प्रदान गरेका स्कुल ब्याग र शैक्षिक सामग्री ,एक महिनालाई पुग्ने गरि कापी ,कलम र पेन्सिल युवा अभियन्ता अमिरुल्लाह राइन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवनाथ साह र नि.प्र.अ. संजय यादवले संयुक्त रूपमा वालवालिकाहरुलाई हस्तान्तरण गरे।
अध्यक्ष साहले विपन्न र दलित बालबालिकालाई अत्यावश्यक रहेको स्कुल ब्याग ,शैक्षिक सामग्री सहयोग गरेकोमा समाजसेवी अमर क्षेत्री प्रति आभार व्यक्त गर्दै, पहलकर्ता राईनलाई धन्यवाद दिए। श्री जनता अधारभूत विद्यालयमा अध्ययनरत वालवालिकाहरु स्कुल ब्याग र शैक्षिक सामग्रीहरु कापी ,कलम र पेन्सिल पाउँदा शुखी भए। त्यहाँ अध्ययनरत वालवालिकाहरु प्रायः दलित र विपन्न परिवारका रहेका छन् । कार्यक्रममा स्थानीय जनप्रतिनिधी, अभिभावक, लगायतका उपस्थिति रहेका थिए ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR