५ बैशाख २०८३,शनिबार

"ईशाई साम्राज्यवाद विरुद्ध लड्ने बेला आएकोछ" सौजन किरात:- महासचिव किरात मोर्चा।

  • २४ माघ २०८१,बिहीबार Updated
  • / 412 Read

"ईशाई साम्राज्यवाद विरुद्ध लड्ने बेला आएकोछ" सौजन किरात:- महासचिव किरात मोर्चा।

 

साई मिसनरीहरु मुकुम्लुङम-पाथिभारा मातामा केवल कार निर्माण गर्ने निहूँमा हिन्दु- किराँत बिच को एकता खलबल्याउने खोजेको-किराँत मोर्चा महासचिव सौजन किराँतको आरोप।

यसै प्रसंगमा रहेर महासचिव किराँत जि संग गरीएको कुराकानी 
   
    मुकुम्लुङ पाथीभरा आन्दोलन के हो र किन?


    -मौलिकता,अस्तित्व संरक्षण धार्मिक सद्भाव जोगाउन को निम्ति यो आन्दोलन आवश्यक छ।मौलिकता, जातिय र धार्मिकता माथी को प्रहार गरेर बिदेशी  हस्तक्षेप बढाउने पश्चिमा क्रीस्चियन मिसनरी को सपना हो,इसाइ सम्राज्यबादीहरु ले केही बाहुन र केही आदिवासी को दिमाग भुटेर नेपाल बर्बाद पार्ने षडयंत्र हो यो,जुन हामी पूरा हुन दिन्नौ।

कतै तपाइँहरु परिचालित त होइन?

आफ्नो अस्तित्व जोगाउनु परिचालित हो भने हामिलाई परिचालित भन्दा हूँन्छ।

ताप्लेजुंगबाट बाहुन- क्षेत्री लगायतका हिन्दू लाई खेदाउने योजना त होइन,हल्ला छ त?
   

   माता पाथिभरा को दर्शन गर्ने बार्षिक २५ लाख भन्दा धेरै तिर्थयात्री मध्य ८९% बाहुन क्षेत्री हिन्दु नै हुन्छन अनी हिन्दु र  किराँत साझा आस्था को केन्द्र  मुकुम्लुङ बारे आवाज उठाऊँदा कसरी हिन्दु लाई त्यहा बाट खेदेको भन्ने?के सौजन  किराँतले बाहुन को लालपुर्जा खोसेको छ? वा आर्थिक नाकाबन्दी ,समाज मा निषेध  गरेको छ? यस्तो हावादारी कुरा न गर्नुस।
   सहिसुन समाज मा मिलेर बसेको समाज लाई ध्वस्त बनाउने हिजो मधेश मा मधेशी-पहाडि कार्ड खेले झै अहिले हिन्दु- किराँत बिच धार्मिक द्वन्द निम्त्याउने पश्चिमेली क्रीस्चियन सम्राज्यबादले खेलेको खेल हो यो,यसमा कुनै सत्यता छैन कसैलाइ न बहकिन म हार्दिक अनुरोध गर्द छु।

 

                                                                                                               "समपुर्ण मौलिकताबादी एक हौ ।आमाको रक्षा निमित हामी एक जुट

                                                                                                                    भएर इसाइ सम्राज्यबाद विरुद्ध लड्ने बेला आएको छ "।
                                                                                                                             (सौजन किरात- महासचिब,किरात मोर्चा)

 

 

 

 

 

 

केवलकार निर्माण मा बधा गर्ने तपाइ लाइ बिकास बिरोधी भन्न मिल्छ कि मिल्दैन?
    

  बिकास भनेको केहो ?हाम्रो धर्म,संस्कृती,परम्परा र सभ्यताको बिनास गर्नु हो?धार्मिक सांस्कृतिक स्थलमा डोजर हाल्नु बिकास हो ?हाम्रो धर्म,संस्कृति, सभ्यता, परम्परा र प्राचीन मुल्यमान्यता लाई ध्वस्त गर्नुलाई बिकास ठान्नेहरु गोरु हुन,जनावर हुन,यिनिहरु लाई घाँस होइन बाँधेर कुकुरको खोले खुवाउनु पर्छ।

मुकुम्लुङ् याकथुङ्ग(लिम्बू) को मात्र हो भन्ने छ त?

  सुर्य एक जाती को मात्र हुन्छ?भगवान लाई अपमान गर्न पाइएन मान्न त जे नाम ले र जसरी नि पाइयो हैन र ?के त्यो हिन्दु को आस्था होइन? मैले के मुकुम्लुङ् लाई भत्काऊ आन्दोलन गरेको हो र?अहिले को परिबेशमा बचाउ भन्दा भत्काउ पक्ष बलियो देखियो,यसको रक्षाको निम्ती हाम्रो आन्दोलन जारी रहन्छ,मुकुम्लुङ् या पाथिभरा जे भने पनि यो हिन्दु,बौद्ध किराँत लाई धार्मिक सुत्र मा बाध्ने थलो हो ,यसलाइ  भत्काउने प्रयास हुँदै छ ।जुन याक्थुङ को मात्र हो अरु को होइन भन्ने भास्य नै गलत हो,आन्दोलन कमजोर बनाउने इसाइ मिसनरी द्वारा खेलेको शब्द खेल हो यो,यो कुरामा नेपाली सनातनी लाई न अल्झिन अनुरोध गर्दछु।

अन्तमामा तपाईं ले मुकुम्लुङ् पाथिभरा मा आस्था राख़ने भक्तजन लाई के भन्न चाहनु हुन्छ?
     
         मुकुम्लुङ/पाथिभरा माता/आमालाई कति माग्न मात्रै जाने ?
आमालाई संकट पर्दा हामिले बचाउनेकी हेरेर बस्ने ?
जस्ले आमाको चरणपाउमा पुगेर आशिर्वाद मागेर आएका छौँ,
आमाका अनुयायिहरुले आमाका भक्तहरुले आमा रोईरहेको बेला/आमा संकटमा परिरहेको बेला आमाको रक्षाको लागि लडौं।दलालहरुले आमाको अस्मिता लुट्दै गर्दा आमाको छातिमा डोजर चलाउंदै गर्दा आमाका अनुयायिहरुले हेरेर बस्ने ?अंह हेरेर बस्नु पटक्कै सुहाउँदैन।जस्ले आमाको दर्शन गरेका छौँ,जस्ले आमाकोमा गएर मागेर आएका छौँ सबैले आमाको रक्षाको लागि एक पल्ट बोलौं। पाथिभरा/मुकुम्लुङमा माथिको अतिक्रमण तुरुन्त रोक भनेर जोडदार माग गरौं।
यो कुरा सारा नेपाली समक्ष पुर्याउँ/जस्ले आमाको दर्शन गरेर आएका छन र संसार को सनातनी लाई एकजुट भएर आन्दोलन गर्न आह्वान गर्द छु।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page