७ बैशाख २०८३,सोमबार

ब्लु डायमण्ड सोसाइटीमा गरिमा विकास बैंकको वित्तीय जागरण कार्यक्रम

  • २७ फाल्गुन २०८०,आईतवार Updated
  • / 444 Read

ब्लु डायमण्ड सोसाइटीमा गरिमा विकास बैंकको वित्तीय जागरण कार्यक्रम

काठमाडौँ । ‘वित्तीय जागरण, आजको आवश्यकता’लाई मूल नारासहित गरिमा विकास बैंकले ब्लु डायमण्ड सोसाइटीका एलजीबीटीक्यू समूहलाई लक्षित वित्तीय जागरण कार्यक्रम आयोजना गरेको छ । 

बैंकको चाबहिल शाखाद्वारा आयोजित कार्यक्रममा उपस्थित सहभागीहरूलाई उत्प्रेरणा दिँदै व्यक्तिगत वित्तीय व्यवस्थापन, डिजिटल फ्रडबारे सचेतना, विभिन्न प्रकारका बचत, कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरूको विषयमा वित्तीय शिक्षा प्रदान गरिएको हो ।

कार्यक्रममा ब्लु डायमण्ड सोसाइटिको तर्फबाट अध्यक्ष शीतल पिंकी गुरुङको उपस्थिति रहेको थियो भने गरिमा विकास बैंकको तर्फबाट जोखिम व्यवस्थापन विभाग प्रमुख दीपक राज भण्डारी, लाजिम्पाट क्षेत्रीय कार्यालय प्रमुख रमेश रिजाल, चाबहिल शाखा प्रमुख ईक्षा भण्डारी र अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page