२३ जेष्ठ २०८३,शनिबार

सुनको भाउ प्रतितोला २ लाख नाघ्यो,जुन हालसम्मकै उच्च

  • १३ भाद्र २०८२,शुक्रबार Updated
  • / 224 Read

सुनको भाउ प्रतितोला २ लाख नाघ्यो,जुन हालसम्मकै उच्च

१३ भदौ, काठमाडौं । शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यसअघि साउन २३ गते बनेको रेकर्ड तीन सातामै तोडिएको छ ।

आज सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज प्रतितोला १२ सय रुपैयाँले सुन महँगिएको हो ।यसअघि साउन २३ गते १ लाख ९९ हजार ४ सय रुपैयाँको रेकर्ड बनेको थियो ।

त्यस्तै चाँदी प्रतितोला ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन २३५५ रुपैयाँ रहेको चाँदी आज २३६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि उच्चतम हो ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page