धनुषा–३ मा इन्जिनियरहरूको आवाज: विकासका लागि निधिलाई समर्थन
- १२ फाल्गुन २०८२,मंगलवार Updated
- / 172 Read
जनकपुरधाम, १२ फागुन । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी गतिविधि थप चर्किएको छ । यसबीच प्राविधिक समुदायबाट पनि राजनीतिक चासो बढेको देखिएको छ ।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको समर्थनमा इन्जिनियरहरूको समूहले जनकपुरधामस्थित अन्नपूर्ण होटलमा अन्तरक्रिया तथा संवाद कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममार्फत सहभागीहरूले आगामी निर्वाचनमा निधिलाई मतदान गर्न अपिल गरेका छन् ।

उक्त कार्यक्रममा क्षेत्रको पूर्वाधार विकास, दिगो शहरी योजना, सडक तथा खानेपानी व्यवस्थापन लगायतका विषयमा विस्तृत छलफल गरिएको बताइएको छ । सहभागी इन्जिनियरहरूले विकास निर्माणका कार्यलाई प्रभावकारी बनाउन प्राविधिक सोचसहितको अनुभवी नेतृत्व आवश्यक पर्ने धारणा व्यक्त गरेका थिए ।कार्यक्रममा सिडेनका केन्द्रीय अध्यक्ष इन्जिनियर रबी भूषण झाको विशेष उपस्थिति रहेको थियो । उनले नीतिगत सुधार, गुणस्तरीय संरचना निर्माण र दक्ष जनशक्तिको अधिकतम प्रयोगमा राजनीतिक प्रतिबद्धता अनिवार्य हुने बताए
स्थानीय तहका कांग्रेस नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा चुनावी बहसलाई प्राविधिक दृष्टिकोणसँग जोड्ने प्रयास गरिएको आयोजकले जनाएको छ ।

धनुषा–३ मा प्रतिस्पर्धा तीव्र बन्दै गएको अवस्थामा इन्जिनियर समुदायबाट देखिएको यो समर्थनलाई निधिको अभियानका लागि सकारात्मक सन्देशका रूपमा विश्लेषण गरिएको छ ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR