११ श्रावण २०८३,सोमबार

रास्वपामा झट्का : कर्णालीकी संस्थापक महामन्त्री र सुर्खेत सभापति कांग्रेसमा

  • १७ फाल्गुन २०८२,आईतवार Updated
  • / 99 Read

रास्वपामा झट्का : कर्णालीकी संस्थापक महामन्त्री र सुर्खेत सभापति कांग्रेसमा

सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रा बिक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेतले पार्टी परित्याग गर्दै नेपाली कांग्रेस प्रवेश गरेका छन्।

आइतबार सुर्खेतमा आयोजित एक कार्यक्रममा उनीहरूलाई कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले स्वागत गर्दै पार्टीको सदस्यता प्रदान गरेका हुन्। कार्यक्रममा बोल्दै शर्माले कांग्रेसले लोकतान्त्रिक मूल्य र संगठन विस्तारलाई सुदृढ बनाउँदै लैजाने बताए।

कांग्रेसका अनुसार बिक र बस्नेतसँगै रास्वपा परित्याग गरेका दर्जनौं नेता तथा कार्यकर्ता पनि कांग्रेसमा समाहित भएका छन्। उनीहरूको प्रवेशसँगै कर्णाली प्रदेशमा कांग्रेसको संगठन थप मजबुत हुने दाबी गरिएको छ।

रास्वपाबाट बाहिरिनुको कारणबारे सार्वजनिक रूपमा विस्तृत प्रतिक्रिया नआए पनि स्रोतका अनुसार संगठनभित्रको असन्तुष्टि र भावी रणनीतिलाई लिएर मतभेद बढ्दै गएको थियो। कर्णालीमा पछिल्लो समय दलहरूबीच कार्यकर्ता तानातान तीव्र बन्दै गएको छ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page