कांग्रेसले उपत्यकामा आज ६ ठाउँमा चुनावी सभा गर्ने
- १७ फाल्गुन २०८२,आईतवार Updated
- / 108 Read
काठमाडौं। नेपाली कांग्रेसले आइतबार काठमाडौं उपत्यकाका विभिन्न ६ ठाउँमा चुनावी सभा आयोजना गर्ने भएको छ। पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले सभा स्थलहरूमा सम्बोधन गर्नेछन्।
दिउँसो १ बजे काठमाडौं १०, कीर्तिपुरमा सभापति थापा र प्रवक्ता चालिसेले मतदातालाई सम्बोधन गर्ने छन् भने भक्तपुरको ठिमीमा दिउँसो २ बजे हुने सभामा उपसभापति शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। काठमाडौं ९७, बालाजुमा दिउँसो ३ बजे सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्नेछन्। यसैगरी, दिउँसो ३:३० बजे काठमाडौं निर्वाचन क्षेत्र ५ र ६ को संयुक्त सभा सभामुखी चोकमा, दिउँसो ४ बजे काठमाडौं क्षेत्र ४, बालुवाखानीमा सभा आयोजना हुने छ। साथै, काठमाडौं ९२, पेप्सीकोला टाउनप्लानिङमा पनि उपसभापति शर्माले सम्बोधन गर्नेछन्।
कांग्रेसले उपत्यकामा एकै दिनमा विभिन्न निर्वाचन क्षेत्रका मतदाता समक्ष आफ्नो कार्यक्रम प्रस्तुत गर्दै मत आकर्षण गर्ने रणनीति अपनाएको छ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR