५ बैशाख २०८३,शनिबार

काठमाडौं–३ मा घिसिङको चुनावी दौड तीव्र, मतदातासँग प्रत्यक्ष संवाद

  • १७ फाल्गुन २०८२,आईतवार Updated
  • / 90 Read

काठमाडौं–३ मा घिसिङको चुनावी दौड तीव्र, मतदातासँग प्रत्यक्ष संवाद

काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै काठमाडौं क्षेत्र नम्बर ३ मा घरदैलो अभियानलाई तीव्र बनाएको छ ।

आइतबार जोरपाटीबाट सुरु भएको कार्यक्रम बौद्ध क्षेत्रसम्म विस्तार गरिएको थियो, जहाँ उम्मेदवार घिसिङले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीका एजेन्डा प्रस्तुत गरेका थिए ।

समर्थकहरूले विद्युत प्राधिकरणमा रहँदा लोडसेडिङ अन्त्यमा उनले खेलेको भूमिकाको स्मरण गर्दै राष्ट्रिय नेतृत्वका लागि सक्षम व्यक्तित्व भएको दाबी गरेका छन् ।

घिसिङका प्रतिस्पर्धीमध्ये राजु पण्डे पनि मैदानमा छन् भने क्षेत्र नम्बर ३ मा चुनावी प्रतिस्पर्धा चर्किंदै गएको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page