११ श्रावण २०८३,सोमबार

धनुषा–१ मा विजयी नेकपा उम्मेदवारलाई प्रमाणपत्र नदिएकोमा आयोगको ध्यानाकर्षण

  • २५ फाल्गुन २०८२,सोमबार Updated
  • / 108 Read

धनुषा–१ मा विजयी नेकपा उम्मेदवारलाई प्रमाणपत्र नदिएकोमा आयोगको ध्यानाकर्षण

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले धनुषा–१ का उम्मेदवार मातृकाप्रसाद यादवलाई निर्वाचित प्रमाणपत्र नदिइएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।

निर्वाचन आयोगले रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेको भए पनि मतगणना सार्वजनिक नगरेको छ। रास्वपाका उम्मेदवार साहलाई बैंक तथा वित्तीय संस्थासँगको कर्जा नतिरेको कारण कालोसूचीमा राखेर आयोगले उम्मेदवारी खारेज गरेको थियो।

नेकपाले विजयी उम्मेदवार यादवलाई प्रमाणपत्र नदिँदा निर्वाचन प्रक्रिया र विधि विपरीत कार्य भएको आरोप लगाएको छ। पार्टीका सचिव गोविन्द आचार्यका अनुसार, कानुनसम्मत रूपमा उम्मेदवारी खारेज भइसकेको अवस्थामा आयोगले विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरण नगर्नु गम्भीर सरोकारको विषय हो।

आयोगले २१ फागुनमा सम्पन्न मतदानपछि मतगणना भइसकेको भए पनि परिणाम सार्वजनिक नगर्नु र प्रमाणपत्र वितरणमा ढिलाइ गर्नु संवैधानिक निकायको निष्पक्षता र विधि पालना विरोधी भएको नेकपाले जनाएको छ।

उक्त विवादमा आयोग र न्यायालय दुवैले कानुन र विधिसम्मत निर्णय गर्ने अपेक्षा गरिएको छ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page