Flash News ::
गौरादहका मेयर सुवेदीमाथि घरमै हातपात, आरोपी पक्राउ
Posted By -लोक आवाज
- २५ फाल्गुन २०८२,सोमबार Updated
- / 164 Read
विराटनगर । झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि आइतबार साँझ उनका घरमै हातपात भएको छ। प्रहरीले जानकारी दिएको अनुसार गौरादह–५, राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले मेयर सुवेदीमाथि गालीगलौज गर्दै हातपात गरेका थिए।
मेयर सुवेदीको जाहेरीका आधारमा प्रहरीले सिटौलालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दमकका डीएसपी किशोर लम्सालका अनुसार पक्राउ परेका व्यक्तिमाथि अभद्र व्यवहारको मुद्दामा म्याद थप गरिएको छ। प्रारम्भिक अनुसन्धानले घटनामा सिटौलाले मदिरा सेवन गरेका थिए भन्ने खुलाएको छ।
सुवेदी नेकपा एमालेबाट गौरादह नगरपालिकाका मेयरमा निर्वाचित भएका हुन्।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR