नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा गुग्लिएल्मो एरेना नियुक्त
- २९ फाल्गुन २०८२,शुक्रबार Updated
- / 121 Read
काठमाडौं । स्वीट्जरल्यान्डका गुग्लिएल्मो एरेना नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।
अखिल नेपाल फुटबल संघले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा उनलाई औपचारिक रूपमा नियुक्तिपत्र प्रदान गरेको हो। एरेनाले एन्फाका महासचिव किरण राईबाट नियुक्तिपत्र ग्रहण गरेका थिए।
नियुक्तिपछि आयोजित ‘मिट एन्ड ग्रीट’ कार्यक्रममा बोल्दै एरेनाले नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बन्न पाउँदा आफू अत्यन्त खुसी भएको बताए। उनले सन् २०२६ सम्म टोलीको जिम्मेवारी सम्हाल्ने जानकारी दिए।
प्रशिक्षक एरेनाले आफ्नो मुख्य लक्ष्य नेपाली राष्ट्रिय टोलीलाई साफ च्याम्पियनसिप जिताउने रहेको बताए। विगतका कमजोरी र गल्ती नदोहोर्याउँदै नयाँ रणनीतिका साथ टोलीलाई अघि बढाउने उनको भनाइ छ।
उनले नेपाली खेलाडीहरू धेरै क्षमतावान रहेको उल्लेख गर्दै आफ्नो प्रशिक्षणमार्फत उनीहरूलाई अझ उत्कृष्ट बनाउने विश्वास व्यक्त गरे। साथै टोलीमा रणनीतिक सुधार ल्याउँदै राम्रो प्रदर्शन गराउने आफ्नो प्राथमिकता रहने उनले बताए।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR