सीमा नाकामा कडाइ चर्कियो, मधेशमा असन्तुष्टि बढ्दै
- ५ बैशाख २०८३,शनिबार Updated
- / 75 Read
मधेश प्रदेश — राष्ट्रिय स्वतन्त्र पार्टीका मधेश प्रदेश अध्यक्ष तथा सिराहा–४ का सांसद तपेश्वर यादव ले सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले रु. १०० भन्दा बढी मूल्यका सामान ल्याउन रोक लगाएको तथा भन्सार अनिवार्य बनाएको विषयमा कडा आपत्ति जनाउनुभएको छ।
उहाँले नेपाल–भारतबीचको ‘रोटी–बेटी’ सम्बन्धलाई ध्यानमा राख्दै उत्तर बिहारमा काम गर्ने नेपाली श्रमिकहरूको दैनिक जीवन प्रभावित हुने बताउनुभयो। करिब ४० वर्षदेखि चल्दै आएको व्यवहारिक व्यवस्था कायम राख्न सरकारसँग आग्रह गर्दै “१० जनाको गल्तीका कारण १००० जनालाई दुःख दिनु हुँदैन” भन्ने धारणा व्यक्त गर्नुभयो।
पूर्व गृहमन्त्री रवि लामिछाने को कार्यकालमा जस्तै स्पष्ट सीमा निर्धारण गरी सहज व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ।
सांसद यादवले लागूऔषध नियन्त्रण र मनी लाउन्डरिङ रोक्न कडाइ गर्नुपर्नेमा जोड दिँदै विवाह–भोजका लागि ल्याइने सामानमा सम्बन्धित वडाको सिफारिसका आधारमा सहजता दिनुपर्ने माग गर्नुभयो। साथै, कृषि सामग्री, मलखाद तथा उत्पादनमुखी वस्तुमा रोक नलगाउन पनि आग्रह गर्नुभएको छ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR