इनिशा विक बलात्कारपछि हत्या प्रकरणमा न्याय माग्दै परिवार गृहमन्त्रीसमक्ष
- २ चैत्र २०८२,सोमबार Updated
- / 67 Read
काठमाडौं । सुर्खेतकी १६ वर्षीया बालिका इनिशा विकको बलात्कारपछि हत्या गरिएको घटनामा न्यायको माग गर्दै पीडित परिवारले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेका छन्।
इनिशा विकका दाजु चन्द्रबहादुर विक र तपेन्द्र विकले सोमबार गृहमन्त्री अर्याललाई भेटेर घटनाको निष्पक्ष र छिटो अनुसन्धान गरी संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका हुन्। उनीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्दै पीडित परिवारलाई न्याय दिलाउन सरकारसँग आग्रह गरेका छन्।
पीडित परिवारले महिला तथा बालबालिकामाथि हुने यौन हिंसा तथा जघन्य अपराधका घटनाहरू दोहोरिन नदिन सम्बन्धित निकाय, नागरिक समाज, पत्रकार तथा सरोकारवालाले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने पनि बताएका छन्।
ज्ञापनपत्र ग्रहण गर्दै गृहमन्त्री अर्यालले घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताउँदै दोषीलाई कानुनी दायरामा ल्याइने आश्वासन दिएका छन्। उनले मुलुकमा दण्डहीनताको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको र शान्ति–सुरक्षा कायम गर्न आवश्यक कदम चालिने बताए।
गत फागुन २३ गते सुर्खेतको वीरेन्द्रनगर–४ स्थित सहिदपार्क नजिकै रहेको जनजागरण सामुदायिक वन क्षेत्रमा १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको थियो। घटनापछि उक्त प्रकरणको निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न माग गर्दै स्थानीयस्तरमा पनि आवाज उठ्दै आएको छ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR