नेपालका भूपेन्द्र गुरुङले अमेरिकामा जिते रजत
- २५ कार्तिक २०८१,आईतवार Updated
- / 570 Read
नेपालका भूपेन्द्र गुरुङले अमेरिकामा १५ औँ गोल्डेन ड्रागन च्याम्पियनसिपमा रजत जितेका छन्। भूपेन्द्रले २ स्पर्धामा २ रजत जितेका हुन्। भूपेन्द्रले ३६ वर्षमाथि उमेरसमूहमा ताइची र ट्रेडिसनल चाइनिज फम्समा प्रतिस्पर्धा गरेका थिए। 
प्रतियोगितामा विभिन्न ३० राष्ट्रका २ सय ५० भन्दा बढी खेलाडीको सहभागिता रहेको बताइएको छ। भूपेन्द्रको यो पाँचौं अन्तर्राष्ट्रिय पदक हो। यसअघि उनले विभिन्न ३ अन्तर्राष्ट्रिय प्रतियोगितामा ३ स्वर्ण पदक जितेका छन्। उनले सन् २०१८ मा जर्मनीमा भएको विश्व च्याम्पियनसिप, सन् २०१९ मा थाइल्यान्डमा भएको सातौं विश्व कुङफु च्याम्पियनसिप र सन् २०२२ मा युकेमा भएको युरोपियन च्याम्पियनसिपमा स्वर्ण जितेका थिए। 
उनले सन् २०२२ मा भारतको लखनउमा भएको १४ औँ राष्ट्रिय कुङफु च्याम्पियनसिपमा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR