Flash News ::
इरानसँगको द्वन्द्वमा ६ अमेरिकी सैनिकको मृत्यु
Posted By -लोक आवाज
- १९ फाल्गुन २०८२,मंगलवार Updated
- / 123 Read
वासिङ्टन डीसी । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानसँगको द्वन्द्वका क्रममा ६ जना अमेरिकी सैनिकको मृत्यु भएको जनाएको छ।
रोयटर्सका अनुसार सेन्टकमले सोमबार विज्ञप्ति जारी गर्दै उक्त घटनामा ६ सेवा सदस्य (सैनिक) ले ज्यान गुमाएको पुष्टि गरेको हो। घटनाको प्रकृति, स्थान र मारिएका सैनिकहरूको विस्तृत विवरण भने गोप्य राखिएको छ।
यसअघि सेन्टकमले ओमानको खाडी क्षेत्रमा ११ वटा इरानी जहाज डुबाइदिएको दाबी गरेको थियो। अमेरिकी पक्षले उक्त क्षेत्रमा इरानका कुनै पनि जहाज बाँकी नरहेको उल्लेख गरेको छ।
ओमानको खाडी क्षेत्रमा इरानले दशकौँदेखि अन्तर्राष्ट्रिय ढुवानीमा अवरोध तथा आक्रमण गर्दै आएको सेन्टकमको आरोप छ। पछिल्लो घटनापछि अमेरिका–इरान तनाव थप चर्किने संकेत देखिएको छ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR