५ बैशाख २०८३,शनिबार

इरान–इजरायल युद्धको प्रभाव : २४ हजारभन्दा बढी नागरिक संरचना ध्वस्त

  • २९ फाल्गुन २०८२,शुक्रबार Updated
  • / 81 Read

इरान–इजरायल युद्धको प्रभाव : २४ हजारभन्दा बढी नागरिक संरचना ध्वस्त

काठमाडौं । इरान र इजरायल–अमेरिकाबीच जारी युद्धका कारण इरानमा २४ हजारभन्दा बढी नागरिक संरचनाहरू क्षतिग्रस्त भएका छन् ।

इरानी रेड क्रिसेन्ट सोसाइटीका प्रमुख पिर–होसेन कोलिभान्डका अनुसार हालसम्म २४ हजार ५३१ नागरिक संरचनामा क्षति पुगेको छ । तीमध्ये १९ हजार ७७५ वटा सर्वसाधारणका आवासीय घर रहेका छन् ।

अमेरिकी र इजरायली हवाई आक्रमणका कारण इरानको जनजीवन र अर्थतन्त्रमा गम्भीर असर परेको जनाइएको छ । आक्रमणबाट ४ हजार ५११ व्यापारिक प्रतिष्ठानहरू पनि क्षतिग्रस्त भएका छन्, जसले स्थानीय बासिन्दालाई ठूलो आर्थिक संकटमा पारेको छ ।

युद्धका कारण शिक्षा क्षेत्र पनि गम्भीर रूपमा प्रभावित भएको छ । आक्रमणका क्रममा ६९ वटा विद्यालयमा क्षति पुगेको छ । ती घटनामा १५४ जनाको मृत्यु भएको र १९५ जना शिक्षक तथा विद्यार्थी घाइते भएको बताइएको छ ।

रेड क्रिसेन्टले आवासीय क्षेत्र र विद्यालयजस्ता नागरिक संरचनालाई निशाना बनाइएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रभावित क्षेत्रका लागि मानवीय सहायता आवश्यक रहेको जनाएको छ ।

 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page