प्रचण्ड : सरकार आफ्ना बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लाग्यो
- ६ कार्तिक २०८१,मंगलवार Updated
- / 246 Read
काठमाण्डौ, कार्तिक ६ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासनको मामिलामा निकै कमजोर देखिएको टिप्पणी गर्दै आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको बताएका छन्। माओवादीले कार्तिक १० गते काठमाण्डौमा गर्ने जनप्रदर्शन र खबरदारीसभाको तयारीका लागि आज बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीका बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इन्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकार सुशासनको मामिलामा कमजोर देखिएको टिप्पणी गरे । हिजो मात्रै विपक्षी दलहरूको तर्फबाट बालुवाटारमा ज्ञापनपत्र बुझाउन गएको बेला प्रधानमन्त्रीसँग भएको संवाद सुनाउँदै उनले भने मैले स्पष्टसँग भनेको थिएँ, तपाईं र हामीमा फरक के भयो भने हामीले के माओवादी, के कांग्रेस, के एमाले कुनै दल नहेरे र गल्ती गरेको छ भने सबैलाई कानुनबमोजिम ल्याउनुपर्छ भनेर लाग्यौं। तर तपाईंहरूले कांग्रेस र एमालेका नेताले गल्ती गरेको छ्याङै देख्दा पनि बचाउनुभएको छ र आफ्नो राजनीतिक प्रतिद्वन्द्वी देख्नुभयो भने खोजीखोजी हान्नुभएको छ। सरकारले एकपछि अर्को नाजायज हर्कत गर्दै जाँदा जनतामा सरकार विरोधी भावना बढ्दै गएको उनले स्पष्ट पारे।
उद्योगहरूबाट बक्यौता महसुल उठाउन खोज्दा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक र एउटा सामान्य प्राविधिक त्रुटिलाई लिएर उपसभामुख हटाउन खोज्ने, बाढीपहिरोपछि उद्धार, राहत र पुनर्स्थापनामा ध्यान नदिनेदेखि जग्गा दान प्रकरणसम्म आउँदा सरकार आफैले भ्रष्टाचारीको संरक्षकको रूपमा प्रस्तुत गर्दै गएको बताए।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR