११ श्रावण २०८३,सोमबार

सुर्खेत : एसएमएल गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ जना घाइते

  • ८ कार्तिक २०८१,बिहीबार Updated
  • / 241 Read

सुर्खेत : एसएमएल गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ जना घाइते

सुर्खेत कात्तिक ८ । सुर्खेतमा एसएमएल गाडी दुर्घटना भएको छ । जुम्लाबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णली प्रदेश ०२२१ ख १०१४ नम्बरको एसएमएल गाडी बराहताल गाउँपालिका–८ को हुड्के भन्ने ठाउँमा बिहीबार बिहान ७ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परी दैलेखको ठाटीकाँध गाउँपालिका–४ का ३५ वर्षीय दीपक शाहीको मृत्यु भएको छ । उनी अहिले वीरेन्द्रनगर नगरपालिका–१, मा बस्दै आएका थिए ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माका अनुसार गम्भीर घाइते भएका उनलाई कर्णाली अस्पताल सुर्खेतमा पुर्‍याइएको थियो ।  अस्पतालले उनलाई मृत घोषणा गरिदियो । यस्तै गाडी दुर्घटनामा ६ जना घाइते भएका उनले बताए । अन्य घाइते हरुको कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ ।  २९ जना यात्रु सवार उक्त गाडी अनियन्त्रित भएर सडक छेउमा दुर्घटना भयो ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page