Flash News ::
बलात्कार आरोपमा पक्राउ : सशस्त्र प्रहरीका जवान हिरासतमै मृत भेटिए
Posted By -लोक आवाज
- १२ कार्तिक २०८१,सोमबार Updated
- / 230 Read
काठमाडौँ कात्तिक १२ । बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान हिरासतको शौचालयमा मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय दाङको हिरासतको शौचालयमा जवान रेवन पचभैया मगर मृत भेटिएको दाङका एसपी रामबहादुर केसीले जानकारी दिए । उनका अनुसार आफैंले लगाएको कपडाको पासा लगाएर भेन्टिलेसनमा झुण्डिएको अवस्थामा उनी मृत भेटिएका हुन् । शौचालयको धारा खोलेर पानी भरेको जस्तो आवान निकालिएकाले समेत बाहिरका व्यक्तिले केही थाहा नपाएको उनको भनाइ छ । दाङको २९ नं. ज्वालामाई गणमा कार्यरत जवान पचभैया र सहायक हवल्दार भरत रोका मगर गत असोज २४ गते पिङ खेल्न आएकी ८ वर्षीया बालिकामाथि उनीहरुले बलात्कार गरेको आरोप लागेको छ ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR