तिहार चहलपहल सुरु, बजारभरि प्लास्टिकका प्रतिबन्धित फूल
- १२ कार्तिक २०८१,सोमबार Updated
- / 242 Read
काठमाडौँ कात्तिक १२ । नेपालको दोस्रो ठुलो पर्व तिहार अर्थात् फूलहरूको पर्व तिहार आएसँग बजारमा प्रतिबन्धित प्लास्टिकका फूलहरूको व्यापार सुरु भएको छ । नेपाल सरकार तथा स्थानीय निकायहरूले यस्ता प्लास्टिकका फूल उत्पादन तथा बिक्री वितरणमा रोक लगाए पनि बजारमा यसको व्यापार भने रोकिएको छैन । सहरमा प्लास्टिकको फूल, माला पाउनु सामान्य झैं देखिन्छ । उपत्यका सहित वीरगञ्ज, हेटौंडा, गौर, जनकपुर, विराटनगर, बुटवल, नेपालगञ्ज जस्ता ठूला सहरमा समेत यसको नियन्त्रण भइरहेको देखिँदैन । अहिले बजारभरि प्रतिबन्धित प्लास्टिकको फूल देखिन थालेको हो । प्लास्टिकका फूल धेरै देखिन थालेपछि स्थानीय तहले सूचना निकालेर नियमन गर्न थालेका छन् । ‘एकल प्रयोगको प्लास्टिक, प्लास्टिकको फूल गुच्छा, माला बिक्री वितरण, भण्डारण, ओसारपसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातला झोला बिक्री, वितरण, भण्डारण, ओसारपसार तथा प्रयोगमा पूर्णरूपमा निषेध गरिएको हुनाले उक्त वस्तुहरूको उत्पादन, बिक्री वितरण, भण्डारण, ओसारपसार र प्रयोगमा प्रतिबन्ध लगाइएको’ सूचनामा छ । प्राकृतिक फूल भने गत आव २७ करोडको आएको दखिन्छ । भन्सार विभागको तथ्यांक अनुसार २०८०/८१ मा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक निर्यात कारोबार १ करोड २ लाख १२ हजार रुपैयाँ भएको छ भने आयाततर्फ २७ करोड ७९ लाख ५ हजारको कारोबार रहेको छ ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR