मन्त्री गुप्ता : केही महिनाभित्रै सबै स्थानीय तहमा कर्मचारी पठाइसक्छौँ
- १२ कार्तिक २०८१,सोमबार Updated
- / 228 Read
काठमाडौँ कात्तिक १२ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आगामी केही महिनाभित्रै सम्पूर्ण स्थानीय तहहरूमा कर्मचारी पठाइसक्ने बताएका छन् । आफूले मन्त्रालयको नेतृत्व सम्हालेयता अधिकांश स्थानीय तहहरूमा कर्मचारी व्यवस्थापन गरिसकेको र बाँकी रहेका केही ठाउँमा पनि अब चाँडै कर्मचारी व्यवस्थापन हुने उनले बताएका हुन् । करिब एक दशकदेखि एकै ठाउँमा रहेर काम गरिरहेका एक हजार २५८ जना कर्मचारी र अन्य कर्मचारीहरूलाई विभिन्न ठाउँमा सरुवा गरेर मन्त्रालयले प्रशासनिक क्षेत्रको कामलाई व्यवस्थित र चुस्तदुरुस्त बनाउने प्रयत्न गरेको मन्त्री गुप्ताको भनाइ छ । ‘नौ/दश वर्षदेखि एकै ठाउँमा रहेर काम गरिरहनुभएका एक हजार २५८ जना कर्मचारीलाई एकैदिन सरुवा गरी विभिन्न ठाउँमा पठाएका छौँ,’ मन्त्री गुप्ताले भन्नुभयो, ‘हामी राम्रो तालमेल मिलाएर काम गरिरहेका छौँ । मन्त्रालय सम्हालेको तीन महिनाको अवधिमा सङ्घीय निजामती विधेयकमाथिको छलफलले तीव्रता पाएको र आगामी संसद् अधिवेशनबाट सो विधेयक पारित गराउने विश्वास पनि उनले व्यक्त गरे । एक सय दिनको अवधि मन्त्रालयका गतिविधि बुझ्न, आवश्यक ब्रिफिङहरू लिन र विभिन्न प्रकृतिका कामकारबाहीबारे जानकारी लिन खर्च भएको बताउँदै उनले यो बिचमा धेरै कामको थालनी भइसकेको र अब क्रमशः परिणाम आउने दाबी गरे । १०० दिने कार्यकाल पूरा भएसँगै अब सिङ्गो सरकारकै गति बढ्ने उनको भनाइ छ ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR