Flash News ::
घुससहित पक्राउ : वडाध्यक्षविरुद्ध मुद्दा दायर
Posted By -लोक आवाज
- १२ कार्तिक २०८१,सोमबार Updated
- / 253 Read
काठमाडौँ कात्तिक १२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष डिल्ली प्रसाद ओलीविरुद्ध मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि घुस मागेको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले उनलाई ८० हजार रुपैयाँ घुससहित पक्राउ परेको थियो । यस सम्बन्धमा आवश्यक अनुसन्धान हुँदा ओलीले सेवा ग्राहीसँग घुस लिएको पुष्टि भएकाले बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिएर सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR