११ श्रावण २०८३,सोमबार

एमाले : हरेक मतदाताको राजनीतिक पक्षधरता पत्ता लगाउने

  • १२ कार्तिक २०८१,सोमबार Updated
  • / 262 Read

एमाले : हरेक मतदाताको राजनीतिक पक्षधरता पत्ता लगाउने

काठमाडौं  कात्तिक १२ । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले हरेक मतदाताको राजनीतिक आवद्धता विवरण संकलन गर्ने तयारी गरेको छ । राजनीतिक शक्ति सन्तुलन पत्ता लगाउन हरेक घरको मतदाता विवरण र तिनको राजनीतिक आवद्धता संकलन गर्ने तयारी गरेको हो । आगामी चुनाव–०८४ मा निर्णायक राष्ट्रिय शक्ति बन्ने लक्ष्य अन्तर्गत नै एमालेले हरेक मतदाताको राजनीतिक आवद्धता विवरण तयार पार्न लागेको हो । तर यो विवरण गोप्य राख्ने एमाले नेताहरुले बताएका छन् । उनका अनुसार, आगामी मंसिरमा उपचुनाव हुने क्षेत्रमा यो अभियान चलिरहेको छ । उपचुनाव हुने बाहेकका क्षेत्रमा भने आगामी फागुन र चैतमा यो अभियान चल्ने भट्टराईले बताए । वडावडामा चलाउन लागिएको यो अभियानको समन्वय भने प्रदेश कमिटीहरुले गरिरहेका छन् । जस अन्तर्गत गत १० असोजमा बसेको बैठकबाट कोशी प्रदेशले अन्तरपार्टी निर्देशिका नै जारी गरिसकेको छ । ‘आर्थिक वर्षको अन्तिम २ महिनालाई शक्ति सन्तुलन तथा जनमतको स्थिति तथ्याङ्कमा (वडा/पालिका/प्रदेश/संघ) केलाउने महिना बनाउने र गोपनीयता कायम गरी सम्बन्धित तहका अध्यक्षहरुले प्रदेश कमिटीमा आर्थिक वर्षको अन्तिम महिनामा प्रदेशमा बुझाउने’, अपानिमा भनिएको छ ।  कुल मतदाताको ६ प्रतिशत पार्टी सदस्य बनाउने लक्ष्य एमालेले लिएको छ । गत वैशाख पहिलो साता सम्पन्न पहिलो विधान महाधिवेशनमा महासचिव पोखरेलले प्रस्तुत गरेको तथ्याङ्क अनुसार अगामी आमचुनावसम्म एमालेले ५ लाख नयाँ सदस्य थप्ने लक्ष्य राखेको छ । गत आमचुनाव–०७९ मा एक करोड ७९ लाख ७८ हजार मतदाता रहेकाले यसको ६ प्रतिशत अर्थात् १० लाख पार्टी सदस्य बनाउनुपर्ने लक्ष्य महासचिव पोखरेलले प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव विधान महाधिवेशनले पारित गरेपछि त्यसै बमोजिम एमालेको गतिविधि सञ्चालन भइरहेको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page