Flash News ::
सुमना श्रेष्ठ : शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले प्रहरी प्रशासन लगाएर दबाउन खोज्यो
Posted By -Rakesh Kumar Raut
- १३ कार्तिक २०८१,मंगलवार Updated
- / 177 Read
काठमाडौँ कात्तिक १३ । राष्ट्रिय स्वतन्त्र पार्टी सहमहामन्त्री तथा सांसद सुमना श्रेष्ठले रास्वपाको आन्दोलन कमजोर बनाउन सत्ताले प्रयास गरिरहेको बताएकी छन् । उनले यसको सशक्त प्रतिरोध गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिइन् । सहकारी बचत अपचलनमा पक्राउ परेका रवि लामिछानेलाई हिरासत बाहिर ल्याउन दबाब दिँदै मंगलबार बालुवाटार क्षेत्रमा भएको सडक सङ्घर्षमा बोल्दै उनले आफूहरूले शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले प्रहरी प्रशासन लगाएर दबाउन खोजेको आरोप लगाइन्। हामीलाई तर्साउन गलाउन र कमजोर बनाउन तथा फुटाउने प्रयास यिनीहरूले गर्छन्‚’ उनले भनिन्‚ ‘हाम्रै दाजुभाइ दिदीबहिनी प्रयोग गरेर तर्साउँछन् यसको प्रतिरोध गर्नुपर्छ ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR