Flash News ::
सभापति देउवाद्वारा : बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति २५ हजार हस्तान्तरण
Posted By -Rakesh Kumar Raut
- १३ कार्तिक २०८१,मंगलवार Updated
- / 162 Read
काठमाडौँ कात्तिक १३ । सत्तामा रहेको दल नेपाली कांग्रेसले बाढी पहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई नगद सहयोग गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले बाढी पहिरोमा परेर मृत्यु भएकाहरूको परिवारका सदस्यहरूलाई जनही २५ हजार रुपैयाँका दरले राहत रकम हस्तान्तरण गरेका हुन् । ललितपुर जिल्ला कांग्रसले असोज १० देखि १२ गतेसम्म परेको वर्षाका कारण ललितपुरमा मृत्यु भएकाहरूलाई नगद सहयोग गरेको हो । मंगलबार जिल्ला कार्यसमितिले गोदावरी नगरपालिका वडा नम्बर १० टाहाखेलमा कार्यक्रम गरेर बाढी पहिरोमा परेर मृत्यु भएकाको परिवारलाई सहयोग उपलब्ध गराएको हो ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR