प्रवृत्ति राष्ट्रपतिको चिन्ता : कक्षा १२ पास गर्ने बित्तिकै विद्यार्थी बिदेसिने
- १३ कार्तिक २०८१,मंगलवार Updated
- / 183 Read
काठमाडौँ कात्तिक १३ । राष्ट्रपति रामचन्द्र पौडेलले कक्षा १२ सक्ने बित्तिकै विद्यार्थीहरू बिदेसिने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । यसरी विद्यार्थी बिदेसिने प्रवृत्ति समयमै रोक्न नसकिए भविष्यमा मुलुक नै टाट पल्टिने उनको भनाइ थियो । मंगलबार शिक्षा पत्रकार समूहले बुझाएको ६ बुँदे ध्यानाकर्षण पत्र बुझ्दै राष्ट्रपति पौडेलले १२ सक्न साथ विद्यार्थी बिदेसिने अवस्था हटाउनु पर्ने बताएका हुन् । समूहले बिदेसिएका विद्यार्थीहरू पढाइ सकेर स्वदेश नआउने अनि यताबाट चाहिँ ठुलो लगानी गरेर कक्षा १२ र स्नातक गरिदिनुपर्ने, उता हाम्रा युवा जनशक्ति विदेशीकै सेवामा रहिरहनुपर्ने विडम्बना अहिले देशले भोगिरहनुपरेको यथार्थबारे राष्ट्रपतिको ध्यानाकर्षण गराएको थियो । शिक्षा पत्रकार समूहले विद्यालय शिक्षासम्बन्धी विधेयक चाँडोभन्दा चाँडो संसदबाट अनुमोदन,सार्वजनिक विद्यालयको सिकाइ उपलब्धि सुधार, शिक्षक दरबन्दी व्यवस्थापन, विद्यालयको पहुँच विस्तार, संविधानत: निःशुल्क र अनिवार्य शिक्षाको कार्यानवयन लगायतका लागि चासो र पहलकदमी लिइदिन राष्ट्रपतिलाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो । रजत वर्ष र नयाँ कार्यसमिति चयन भएको अवसरमा समूहका नवनिर्वाचित अध्यक्ष निर्जला कक्षपतिको नेतृत्वमा समूहको टोलीले मंगलबार राष्ट्रपति निवास पुगेर राष्ट्रपति समक्ष समसामयिक शिक्षासम्बन्धी ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR