Flash News ::
धनुषामा एउटै जुवाको खालबाट ९ लाख रकमसहित ३९ जना पक्राउ
Posted By -Rakesh Kumar Raut
- १८ कार्तिक २०८१,आईतवार Updated
- / 222 Read
कात्तिक १८ । धनुषा प्रहरीले जुवाको खालबाट ९ लाख रकमसहित ३९ जनालाई पक्राउ गरेको छ । गएराति क्षिरेश्वरनाथ नगरपालिका ६ सखुवा बजारको सार्वजनिक दलानमा जुवा खेलिरहेको अवस्थामा ३९ जनालाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता वरुणबहादुर सिंहले जानकारी दिए । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको डिएसपी सिंहले बताए । उनका अनुसार एउटै हलमा जुवा खेलिरहेका उनीहरुको साथबाट ९ लाख ७३ हजार ८७० रुपैयाँ बरामद गरिएको छ ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR