Flash News ::
दाङमा : मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
Posted By -Rakesh Kumar Raut
- १९ कार्तिक २०८१,सोमबार Updated
- / 236 Read
बुटवल कात्तिक १९ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा आज बिहान एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका ५ स्थित लमही गढवा भित्री सडक खण्डमा लमहीबाट गढवा जाँदै गरेको रा ७ प ४०७४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । मृत्यु हुनेमा राप्ती गाउँपालिका ५ कमलराेड निवासी २२ वर्षीय प्रेम राना मगर रहेको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले मगरलाई लमही अस्पतालमा उपचारकाे लागि लगिएको तर चिकित्सकले मृत घोषणा गरेको बताए । मोटरसाइकल आफै अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR