कात्तिक २३ गतेदेखि : नेपाली कांग्रेसको युवा संकल्प यात्रा
- १९ कार्तिक २०८१,सोमबार Updated
- / 222 Read
काठमाडौँ कात्तिक १९ । नेपाली कांग्रेसका युवा नेताको संयोजनमा १० बुँदे एजेण्डासहित मेची–महाकाली ‘युवा संकल्प यात्रा’ सञ्चालन गरिने भएको छ । यात्रा कात्तिक २३ गते मेचीनगरको काँकडभिट्टाबाट सुरु भई इटहरी, लहान, जनकपुर, लालबन्दी, वीरगञ्ज, भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै यात्रा मंसिर ४ गते महाकाली पुगेर समापन बताइएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक भूपेन्द्रजङ्ग शाहीले उद्यमशीलता नेपालको विकासका लागि अपरिहार्य रहेको जनाउँदै राजनीतिक उपलब्धिको संरक्षण युवाशक्तिको समुचित उपयोगबाट मात्र हुनसक्ने बताए । सहकारीपीडितलाई तत्काल राहत र बचत फिर्ता गराउन पहलकदमी लिने तथा विभिन्न संस्था तथा सहकारी ठगलाई कारबाही गर्न दबाब सिर्जना गर्ने सो अवसरमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ । युवानेत्री तथा कलाकार राधिका हमालले देश बनाउन र नागरिकलाई सवल तुल्याउन सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले यात्रा कार्यक्रम अघि बढाइएको बताइन् ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR