१२ श्रावण २०८३,मंगलवार

तिहारमा झन्डै : १ करोड बराबरको अवैध सामान बरामद

  • २० कार्तिक २०८१,मंगलवार Updated
  • / 247 Read

तिहारमा झन्डै : १ करोड बराबरको अवैध सामान बरामद

रौतहट कात्तिक २० । हिन्दुहरूको महान् पर्व बडादसैँदेखि तिहारसम्मको अवधिमा रौतहट स्थित प्रहरी गस्ती टोलीले झन्डै १ करोड मूल्य बराबरको भन्सार छलीको विभिन्न सामान बरामद गरेको छ। तस्करीको सामान ओसारपसारमा प्रयोग गरिएको तथा काजगपत्र नभएको दर्जनौँ सवारी साधन प्रहरी गस्ती टोलीले बरामद गरेको हो । रौतहट प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा गत असोज १ गते देखि कार्तिक १८ गते सम्म डेढ महिनाको अवधिमा जिल्ला प्रहरी तथा मातहतको युनिटले कुल ९८ लाख,५७ हजार २७२ रुपैयाँ बराबरको अवैध भारतीय सामान बरामद  गरेको सूचना अधिकारी इन्स्पेक्टर उमाशङ्कर प्रसादले बताए । त्यस्तै तस्करीमा संलग्न २० जना मानिस ,विभिन्न मुद्दाका फरार ५७ जना फरार प्रतिवादी र लागु औषध मुद्दामा संलग्न ४ जनालाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page