११ श्रावण २०८३,सोमबार

काठमाडौँको बसुन्धारा र सुन्दरीजलमा शव फेला :

  • २१ कार्तिक २०८१,बुधबार Updated
  • / 227 Read

काठमाडौँको बसुन्धारा र सुन्दरीजलमा शव फेला :

काठमाडौं कात्तिक २१ । काठमाडौँको बसुन्धारा र सुन्दरीजलमा शव भेटिएको छ । टोखा नगरपालिका–५ स्थित बसुन्धारामा ३१ वर्षीय कृष्ण पाण्डे मृत भेटिएका हुन् । सुनसरीको धरान घर भएका पाण्डे आफ्नै कोठामा मृत अवस्थामा भेटिएको र त्यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । सुनसरीको धरान उपमहानगरपालिका (१२) घर भएका पाण्डे आफ्नै कोठामा मृत फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । त्यस्तै, गोकर्णेश्वर नगरपालिका–२ स्थित सुन्दरीजलमा ४५ वर्षीय सुरेश तामाङ मृत भेटिएका छन् । काभ्रे घर भएर सुन्दरीजलमा बस्ने तामाङ डेरामा मृत भेटिएका हुन् । प्रहरी वृत्त बौद्धले त्यसबारे अनुसन्धान गरिरहेको छ । 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page