११ श्रावण २०८३,सोमबार

नेपालमा टिकटक दर्ता : मेटा र एक्सलाई पनि सरकारले लेख्यो पत्र

  • २१ कार्तिक २०८१,बुधबार Updated
  • / 219 Read

नेपालमा टिकटक दर्ता : मेटा र एक्सलाई पनि सरकारले लेख्यो पत्र

काठमाडौं कात्तिक २१ ।  टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता भएको छ । सरकारले राखेका सबै शर्त र नेपालका कानुनी व्यवस्था मान्न तयार भएपछि गत १९ भदौमा टिकटक माथिको प्रतिबन्ध हटेको थियो । सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाबमोजिम टिकटक  दर्ता भएको मन्त्रालयले जनाएको छ । सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो । त्यसको करिब साढे नौ महिनापछि गत ६ भदौमा मन्त्रिपरिषद बैठकले शर्तसहित टिकटक माथिको प्रतिबन्ध हटाउने निर्णय लिएको थियो । त्यसपछि सरकार र टिकटकबीच वार्ता भएर गत १९ भदौदेखि प्रतिबन्ध हटेको थियो । आधिकारिक रूपमा दर्ता भएसँगै सरकारले टिकटकबाट पनि राजस्व पनि संकलन गर्ने बाटो खुला भएको छ । अब सरकारले टिकटकमा आपत्तिजनक कन्टेन्ट केही आएमा तत्काल नै पत्राचार गरेर हटाउन निर्देशन दिन सक्नेछ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page