जनकपुरधाममा विवाह पञ्चमी महोत्सवको तयारी :
- २४ कार्तिक २०८१,शनिबार Updated
- / 214 Read
धनुषा कात्तिक २४ । रामजानकी विवाह पञ्चमी महोत्सवमा यसपटक अयोध्याबाट जन्ती आउने भएका छन् । पाँच सयभन्दा बढीको सङ्ख्यामा आउने सो जन्तीको स्वागत लगायतको तयारी पनि जनकपुरधाममा सुरु भइसकेको छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले विवाह पञ्चमी महोत्सव तयारीका क्रममा जानकी मन्दिरमा सर्वपक्षिय बैठक गरिएको जानकारी दिए । विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री राजेन्द्र सिंह पंकज, रामजन्म भूमि तीर्थ क्षेत्र ट्रष्टका चम्पत राय लगायतका व्यक्ति जन्तीमा सहभागी भएर आउन लागेको महन्थ दासले बताए । विवाह महोत्सवमा जन्तीको निम्तोका लागि तिलक लिएर जान मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह इच्छुक देखिएका छन् । यद्यपि मुख्यमन्त्री सिंहले तिलकमा अयोध्या जाने विषयमा निर्णय भइनसकेको बताए । उनले तिलकको अगुवाइ गर्न आफूलाई आग्रह गरिएको भएपनि त्यस सम्बन्धमा भारतीय पक्षबाट औपचारिकता पूरा भएपछि निर्णय लिने बताए । आगामी दुई तीन दिनभित्रै यस सम्बन्धमा निर्णय लिने मुख्यमन्त्री सिंहले जनाए । मंसिर २१ गते सीताराम विवाह महोत्सवको मूल समारोह हुनेछ । त्यसमा अयोध्याबाट आउने जन्तीको सहभागिता रहनेछ । अयोध्याबाट प्रस्थान गर्ने जन्तीको मार्ग, समय र रात्रि विश्रामस्थल निर्धारण गरिएको छ । अयोध्याबाट मङ्सिर ११ गते जन्ती प्रस्थान गर्नेछ । कारसेवकपुरम अयोध्याधामबाट बिहान साढे ८ बजे प्रस्थान गर्ने जन्ती गुसाइकुञ्ज, अम्बेडकर नगर, बसखारी हुँदै रात्रि विश्राम आर्यमगढ आजमगढ मा हुनेछ । यसैगरी १२ औँ दिन बिहान जानकी मन्दिर परिसरमा सीताराम महाभिषेकम् ५१ तीर्थस्थलको जलबाट अभिषेक) गरिने र रामकलेवा बिदाइ भोज मा सहभागी भइ रात्रि सामूहिक विवाह कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम छ । तेह्रौ दिन जन्ती बिहान जनकपुरधामबाट अयोध्याधाम फर्कने छ । पिपरा, मनरा, मलंगवा हुँदै धनकौलमा स्वागत र रात्रि विश्राम वीरगञ्जको मौलीपुरमा हुनेछ । चौधौँ दिन जन्ती बिहान वीरगञ्जबाट प्रस्थान गरी मोतिहारी बाइपास, गोपालगञ्ज, कुशीनगर हुँदै गोरखपुर अयोध्याम पुग्नेछ ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR