Flash News ::
इतिहास रच्ने महिला : क्रिकेट टोलीलाई एनपीएलका ८ फ्रेन्चाइजले संयुक्त रुपमा १० लाख दिने
Posted By -Rakesh Kumar Raut
- ३० कार्तिक २०८१,शुक्रबार Updated
- / 150 Read
काठमाडौं कात्तिक ३० । विश्वकपमा छनोट इतिहास रच्न सफल नेपाली यू–१९ महिला टोलीका सदस्यहरुलाई नेपाल प्रिमियर लिग एनपीएल का आठ फ्रेन्चाइजले संयुक्त रुपमा १० लाख रुपैयाँ पुरस्कार दिने भएका छन् । यसअघि नेपाल क्रिकेट संघ क्यानले टोलीका प्रत्येक खेलाडीलाई प्रोत्साहन स्वरुप जनही २ लाख ५० हजार दिने घोषणा गरेको थियो । त्यसैगरी मधेश प्रदेश सरकारले पनि विश्वकपमा छनोट हुन सफल राष्ट्रिय टोलीमा रहेका मधेश प्रदेशका खेलाडीहरुलाई नगदसहित सम्मान गर्ने घोषणा गरिसकेको छ । नेपालले बुधबार भएको खेलमा यूएईलाई पराजित गर्दै आगामी वर्ष जनवरीमा हुने आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा स्थान पक्का गरेको थियो ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR