टिकटक भिडियो प्रतियोगिता हुने : विश्व माटो दिवसको अवसरमा
- २ मंसिर २०८१,आईतवार Updated
- / 198 Read
काठमाडौँ मंसिर २ । विश्व माटो दिवसको अवसरमा टिकटक भिडियो प्रतियोगिता हुने भएको छ । माटो दिवसको अवसर पारेर आफ्नै मौलिकता झल्कने गरी माटोको महत्वलाई घर, खेत, बारी वा अन्य स्थानमा गई टिकटक बनाउन आग्रह गरिएको हो । नेपाल सरकार र फुड एग्रिकल्चर अर्गनाइजेशन एफएओ को संयुक्त सहकार्यमा सो प्रतियोगिता हुने भएको हो । ‘माटो सुधार परीक्षण, रेखदेख र उपचार’ भन्ने नाराका साथ यो वर्ष विश्व माटो दिवस मनाइने भएको छ । सो नारामा आधारित रहेर बढीमा ४५ मिनेटको भिडियो बनाएर आफ्नो टिकटक एकाउन्टमा पोस्ट गर्नुपर्ने छ । यो भिडियो यही मङ्सिर १५ गतेभित्र पठाइसक्नु पर्ने जनाइएको छ । प्रथम हुनेलाई २० हजार रुपैयाँ, दोस्रो हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजार रुपैयाँ नगद, प्रमाणपत्र र उपहारहरू दिइने छ । डिसेम्बर ५ मा विश्व माटो दिवस मनाइन्छ ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR