११ श्रावण २०८३,सोमबार

श्रीलङ्कामा एनपीपीले दुई तिहाई ल्याएकोमा एमालेको बधाई :

  • २ मंसिर २०८१,आईतवार Updated
  • / 204 Read

श्रीलङ्कामा एनपीपीले दुई तिहाई ल्याएकोमा एमालेको बधाई :

काठमाडौँ मंसिर २ । नेकपा एमालेले श्रीलङ्कामा हालै सम्पन्न संसदीय निर्वाचनमा २२५ स्थानमध्ये १५९ स्थान जितेर नेसनल पिपुल्स पावर (एनपीपी) पार्टीले दुई तिहाई बहुमत प्राप्त गरेकोमा सो पार्टीलाई बधाई दिएको छ । श्रीलङ्कामा करिब दुई महिनाअघि (२१ सेप्टेम्बर, २०२४) ‘निर्वाचनका माध्यमबाट जनताको मन जितेर उनीहरूको सेवा गर्न सकिन्छ भन्ने कुरालाई व्यवहारमा प्रमाणित गरेर कम्युनिस्ट आन्दोलनलाई अझ लोकप्रिय र विश्वासिलो बनाउनका लागि जनता विमुक्ति पेरामुना (जेभीपी) यसको अगुवाइमा स्थापित मोर्चा एनपीपी र राष्ट्रपति अनुराकुमार देशानायकेलाई सफलता प्राप्त हुनेछ भन्ने विश्वास हाम्रो पार्टी व्यक्त गर्दछ’, एमालेको विश्वास छ । साथै एमालेले सङ्कटका बेला श्रीलङ्काली जनताले रोजेको विकल्पलाई सही रूपमा सफल पारेर श्रीलङ्काले विश्वमै नमुना प्रस्तुत गर्न सकोस् भन्ने शुभकामना दिएको छ । सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पनि एनपीपीका नेता अनुराकुमार देशनायकेको विजय भएका थिए ।

 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page