११ श्रावण २०८३,सोमबार

मैना रोबोट : टेलिकमका कर्मचारीको पोल खोल्ने

  • २ मंसिर २०८१,आईतवार Updated
  • / 203 Read

मैना रोबोट : टेलिकमका कर्मचारीको पोल खोल्ने

काठमाडौँ मंसिर २ । नेपाल टेलिकमको प्रादेशिक कार्यालय सुन्धाराले मासिक रुपमा उत्कृष्ट कर्मचारीको छनौट गर्छ । अघिल्लो वर्षको मंसिर महिनादेखि सुरु भएको उत्कृष्ट कर्मचारी छनौटको १२ श्रृंखला आइपुग्दा भने सो कार्यालयले नौलो अभ्यास गर्‍यो । त्यो हो, रोबोटबाट उत्कृष्ट कर्मचारीको नाम घोषणा गर्ने । बलियो भेञ्चर नामक नेपाली कम्पनीका सफ्टवेयर इञ्जिनियरहरुले बनाएको उक्त रोबोटलाई  ‘मैना रोबोट’ नामकरण गरिएको छ । उक्त रोबोट टेलिकमको सुन्धारा कार्यालयले आइतबारदेखि ग्राहक सेवाका लागि प्रयोगमा ल्याएको थियो । त्यसको डेमोस्वरुप आइतबार उत्कृष्ट कर्मचारी घोषणा गर्ने प्रयास गरेको थियो । आइतबार नै ल्याइएको उक्त रोबोटमा धेरै सोधिने प्रश्नहरूलाई रोबोटको माध्यमबाट ग्राहकलाई जानकारी दिने प्रयोजनका लागि यसलाई सञ्चालनमा ल्याइएको कार्यालयका प्रमुख दिनेशचन्द्र पन्थीले जानकारी दिए । अहिले उक्त रोबोटमा धेरै सोधिने ५/६ सय वटा प्रश्न सेट गरिएका छन् । ग्राहकले सोध्ने प्रश्न र रोबोटले दिने उत्तर समेतलाई आधार बनाएर यसलाई थप अपग्रेड गर्दै लैजाने र यसले दिने जानकारी पनि थप परिष्कृत हुँदै जाने बलियो भेञ्चरले जनाएको छ । उक्त रोबोट खासगरी स्थानीय तहका वडा तथा पालिकामा जाने सेवाग्राहीलाई सेवा लिँदा आवश्यक जानकारी दिने उद्देश्यले बनाउन सुरु गरिएको थियो । टेलिकमले ग्राहक सेवाका लागि उपयोग गर्दा यसलाई झनै परिष्कृत बनाउने अवसर मिलेको भेञ्चरका सफ्वेयर इञ्जिनियरहरु बताउँछन् ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page