मंगलबार कार्यालय बन्द गर्ने : पूर्वसभामुख ढुंगानाको निधनको शोकमा कांग्रेस
- ३ मंसिर २०८१,सोमबार Updated
- / 196 Read
काठमाडौँ मंसिर ३ । २०८१ मंसिर ४ गते मंगलबारका दिन केन्द्रीय कार्यालय बन्द गर्ने र स्वर्गारोहणको १३ औं दिनमा केन्द्रमा शोक सभा आयोजना गर्ने निर्णयसमेत कांग्रेसले गरेको छ । नेपाली कांग्रेसको आज बसेको आकस्मिक केन्द्रीय समितिको बैठकले शोकप्रस्ताव पारित गर्दै सो निर्णय गरेको हो । पूर्व सभामुख ढुंगानाको ८३ वर्षको उमेरमा मंसिर २ गते फ्रन्टलाइन अस्पताल काठमाडौंमा निधन भएको थियो । उनको निधनबाट मर्माहत र स्तब्ध भएको नेपाली कांग्रेसले जनाएको छ । ढुंगाना २०४८ को आम निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट विजयी भई २०४८ देखि २०५१ सम्म प्रतिनिधि सभाको सभामुख बनेका थिए । त्यसैगरी उनी वि.सं. २०५१ मा काठमाडौं निर्वाचन क्षेत्र नं. २ र २०७४ मा भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट नेपाली कांग्रेसको उम्मेदवार थिए । उनको निधनबाट सिंगो देशले वरिष्ठ कानूनविद्, मानव अधिकारकर्मी, एक अथक योद्धा, निष्ठावान एवं अनुभवी राजनीतिज्ञ गुमाएको कांग्रेसले जनाएको छ ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR