पूर्वसभामुख ढुंगानाको आर्यघाटमा अन्त्येष्टि :
- ३ मंसिर २०८१,सोमबार Updated
- / 198 Read
काठमाडौँ मंसिर ३ । पुर्वसभामुख दमननाथ ढुंगानाको अन्त्येष्टि गरिएको छ । ढुंगानाको सोमबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उनका छोराहरु निमेष र निशेषले दागबत्ती दिए । सो क्रममा नेपाली सेनाको टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन बजाएको थियो । कलेजोसम्बन्धी समस्याको उपचारका लागि पुरानो बानेश्वरको फ्रन्टलाइन अस्पताल भर्ना भएका ८३ वर्षका ढुंगानाको उपचारका क्रममा आइतबार दिउँसो निधन भएको थियो । श्रद्धाञ्जली अर्पण गर्न पूर्वराष्ट्रपति डा. रामवरण यादव, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायत पुगेका थिए । सोमबारै बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । साथै सरकारले ढुंगानाको निधनको शोकमा सोमबार सार्वजनिक बिदा दिएको छ ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR