रुकुम : श्रीमतीले गरिन् श्रीमानको हत्या
- ४ मंसिर २०८१,मंगलवार Updated
- / 188 Read
त्रिवेणी (रुकुमपश्चिम) मङ्सिर ४ । मंगलबार बिहान दीपाले श्रीमानको चिर्पटले टाउकोमा प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए । रुकुमपश्चिमको चौरजहारी नगरपालिका -२ विजयश्वरीका ३२ वर्षीया दीपा कुमालले ४० वर्षीय श्रीमान् मधु कुमालको हत्या गरेकी छिन् । प्रहरी निरीक्षकका अनुसार चिर्पटले टाउकोमा प्रहार गरेर मृतावस्थामा रहेको खबर छोरा १८ वर्षीय खिम कुमालले प्रहरीलाई खबर गरेका थिए । शव भने परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो । घरायसी विवादका कारण श्रीमान्को हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको र घटनाका विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR