शान्ति सुरक्षाका साथै अनुशासन कायम गराउन आवश्यक छ : गृहमन्त्री लेखक
- ४ मंसिर २०८१,मंगलवार Updated
- / 189 Read
काठमाडौं मङ्सिर ४ । गृहमन्त्री रमेश लेखकले देशमा शान्ती सुरक्षाका साथै अनुशासन कायम गराउन आवश्यक रहेको बताएका छन् । गृहमन्त्री लेखकले मंसिर १६ मा हुनगइरहेको उपनिर्वाचनलाई निश्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउने वातावरण बनाउन पनि सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए । उनले सुरक्षा अधिकारीहरुलाई निर्देशन दिंदै भने तपाईंहरुले काम गरिराख्नु भएको छ तर यत्तिले पुग्दैन थप क्रियाशील र सक्रिय भएर काम गर्नुस, सबै समस्या समाधान हुन्छन । उनले सुरक्षा गोष्ठी औपचारिकतामा मात्र सीमित नभई सुदूरपश्चिम प्रदेशको शान्ती सुरक्षा, अपराध नियन्त्रण, सडक दुर्घटनालगायतका विषयमा गम्भीर समीक्षा गरी आगामी योजना बनाउने बताए । गृह सचिव गोकर्णमणी दुवाडीको अध्यक्षतामा सुरु भएको सुरक्षा गोष्ठीमा नेपाल प्रहरीका प्रमुख वसन्त कुवँर, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुखलगायत सुदूरपश्चिमका सुरक्षा निकाय प्रमुख, ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखलगायतको सहभागिता रहेको छ ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR